२०८२ असोज ३, शुक्रवार , ०५:१७:२१ बजे

Sajhamanch
'

निजामती विधेयकमा अतिरिक्त सचिव नराख्न राष्ट्रियसभाको समितिमा सहमति

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । प्रतिनिधिसभाले पारित गरेको सङ्घीय निजामती सेवा विधेयकमाथि राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल चलिरहेको छ ।

आज भएको बैठकले अतिरिक्त सचिव राख्ने गरी प्रतिनिधिसभाबाट पारित भएको व्यवस्था उल्ट्याएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती विधेयकमा अतिरिक्त सचिवको व्यवस्था नराखे पनि प्रतिनिधिसभाले तेह्रौं तहलाई विशिष्ट श्रेणीको अतिरिक्त सचिवको प्रावधान थपेर विधेयक पारित गरेको थियो ।

प्रतिनिधिसभाले अतिरिक्त सचिवको व्यवस्था राख्ने गरी तेह्रौं तह, सचिवलाई चौधौं तह र मुख्यसचिवलाई पन्ध्रौं तह राख्ने गरी विधेयक पारित गरेको थियो । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले अतिरिक्त सचिवको व्यवस्था उल्ट्याएसँगै अब निजामती सेवामा चौधौं तहसम्म मात्रै रहने भएको छ ।