२०८२ भदौ १२, बिहिवार , ०३:१४:४५ बजे

Sajhamanch
'

सुनको भाउ तोलाको १ लाख ९९ हजार ४०० पुग्यो

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । तोलामा ४०० रुपैयाँले बढेर आज सुन तोलाको एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९९ हजार रुपैयाँ थियो । यस्तै चाँदी १० रुपैयाँले बढेर तोलाको दुई हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३४५ रुपैयाँ थियो ।

बिहिवार, भदौ १२, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर