२०८२ भदौ १२, बिहिवार , १२:२२:४४ बजे

Sajhamanch
'

वीरगञ्जमा अहिलेसम्म १३६ जनामा हैजा सङ्क्रमण

बिहिवार, भदौ १२, २०८२

काठमाडौं । पर्साको वीरगञ्जमा अहिले सम्म १३६ जनामा हैजा पुष्टि भएको छ । यसमध्ये ५६ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिंहले जानकारी दिनुभयो । गएराति थप ११४ जना झाडापखालाका विरामी अस्पताल भर्ना भएका छन् ।

अहिलेसम्म झाडा पखालाका ५३९ बिरामीहरु भर्ना भएकोमा १३६ जनामा हैजा देखिएको हो । २८३ जनाको विभिन्न अस्पतालहरुमा उपचार भईरहको छ । झाडा पखालाका २५७ जना बिरामी उपचारपछि घर फर्किएको जनस्वास्थ्य अधिकृत सिंहले जानकारी दिनुभयो ।

महानगरमा हैजा नियन्त्रणका लागि तीनवटै तहका सरकार सक्रिय छन् । जनचेतनामुलक कार्यक्रमहरु पनि भईरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

सरकारले हैजा नियन्त्रणउन्मुख रहेको दाबी गरेको छ । पानीका स्रोतको शुद्धीकरण, जनचेतना र औषधीसहितको दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गर्ने सरकारले नीति लिएको छ ।

संघीय तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा सङ्घीय सरकार, प्रदेश तथा पालिका सरकार र विश्व स्वास्थ्य सङ्गठनको टोली खटिएर काम गरेकाले हैजा नियन्त्रणउन्मुख अवस्थामा आएको जनाएको छ ।

सम्बन्धित खबर