२०८२ भदौ ११, बुधवार , ०८:३८:३९ बजे

Sajhamanch
'

वीरगञ्जमा हैजा सङ्क्रमितको सङ्ख्या ११५ पुग्यो

बुधवार, भदौ ११, २०८२

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा हैजा सङ्क्रमितको सङ्ख्या ११५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साले आज बिहान ११ बजे सार्वजनिक गरेको विवरण अनुसार ११५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

हिजो बेलुका ६ बजेपछि थप १ जनामा हैजा पुष्टि भएको हो । वीरगञ्जमा गएको शुक्रवारयता झाडापखालाको उपचारका लागि ४९३ जना बिरामी अस्पताल भर्ना भएकामा उनीहरूमध्ये ११५ जनामा हैजा देखिएको हो ।

सङ्क्रमितमध्ये ३९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । ७६ जनाको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । हैजा सङ्क्रमितसहित झाडापखालाका २६६ जना उपचाररत रहेका जिल्ला स्वास्थ्य कार्यालयको विबरणमा उल्लेख छ ।

सम्बन्धित खबर