२०८२ भदौ ११, बुधवार , १२:४८:०४ बजे

Sajhamanch
'

सुनको भाउ तोलाको १ लाख ९९ हजार रुपैयाँ पुग्यो

बुधवार, भदौ ११, २०८२

काठमाडौं । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ । तोलामा ३०० रुपैयाँले बढेर आज सुन तोलाको एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९८ हजार ७०० रुपैयाँ थियो । यस्तै चाँदी १५ रुपैयाँले घटेर तोलाको दुई हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३६० रुपैयाँ थियो ।

बुधवार, भदौ ११, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर