२०८२ भदौ ११, बुधवार , १०:३३:४१ बजे

Sajhamanch
'

तीजको दिन १ लाख ५० हजार भन्दा धेरै भक्तजनले गरे पशुपति दर्शन

बुधवार, भदौ ११, २०८२

काठमाडौं । हरितालिका तीजको अवसरमा हिजो एक लाख ५० हजारभन्दा धेरै दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले काठमाण्डौसहित देशका विभिन्न ठाउँबाट आएका महिला भक्तजनले हिजो बिहान तीन बजेदेखि राति नौ बजेसम्म मन्दिर दर्शन एवम् पुजा गरेका हुन् ।

यसपटक भीड व्यवस्थापन सहजै भएको र दर्शनार्थीले पनि सहजरुपमा दर्शन गर्न सकेको बताएका छन् । मन्दिरको प्रवेशद्वारदेखि नै सहज र व्यवस्थित तरिकाले दर्शनको लागि लाइन व्यवस्थापन गरिएको थियो ।

हिजो देशैभरका शक्तिपीठ र शिवालयमा हरितालिका तीज मनाउनेको भिड लागेको थियो । अस्ति बेलुका दर खाएपछि औपचारिक रुपमा शुरू भएको तीज पर्व भोलि ऋषि पञ्चमीसम्म मनाइन्छ ।