२०८२ भदौ १०, मङ्गलवार , ०४:४८:४१ बजे

Sajhamanch
'

गोरखापत्र च्यात्न र जलाउन खोज्ने राजावादी पक्राउ

मङ्गलवार, भदौ १०, २०८२

काठमाडौं । गोरखापत्रमा छापिएको लेखको विरोधमा उत्रिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको माइतीघर मण्डलाबाट सन्तोष राजावादी भनिने सन्तोषकुमार सिलवाललाई प्रहरीले पक्राउ गरेको हो ।

धादिङको सितले गाउँपालिका–४ स्थायी घर भएका सन्तोष काठमाडौंको कलंकीमा बस्दै आएका छन् ।

उनी गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक आन्दोलनको क्रममा पनि पक्राउ परेका व्यक्ति हुन् ।

गोरखापत्रमा मंगलबार ‘निरहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा लेख लेखिएको थियो । उनले उक्त लेखको विरोध गर्दै पत्रिका च्यात्ने र जलाउन खोज्ने गरेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।

उनका अनुसार सन्तोषलाई दिउँसो २ बजेर २५ मिनेटमा नियन्त्रणमा लिइएको हो । उनलाई नियन्त्रणमा लिएर परिसरमा राखिएको छ ।

सम्बन्धित खबर