२०८२ भदौ ९, सोमवार , ०८:०६:२५ बजे

Sajhamanch
'

नेपालले रुबेला निवारणको प्रमाणपत्र प्राप्त गर्‍यो

सोमवार, भदौ ९, २०८२

काठमाडौं । नेपालले रुबेला निवारणको प्रमाणपत्र प्राप्त गरेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) तथा संयुक्त राष्ट्रसङ्घ बाल कोष (युनिसेफ) का प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई रुबेला निवारणको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

डब्लुएचओले यही भदौ २ गते नेपालमा रुबेला निवारण भएको घोषणा गरेको थियो । कार्यक्रममा मन्त्री पौडेलले यो उपलब्धिलाई दिगो राख्नुपर्ने भन्दै नेपालका बालबालिकाको स्वस्थ भविष्य सुनिश्चित गर्न अन्य खोप–रोकथामयोग्य रोगहरू उन्मूलनतर्फ काम गर्न निरन्तर प्रयासका लागि आह्वान गर्नुभयो ।

नेपालका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा. राजेश सम्भाजीराव पान्डवले यो नेपालका लागि गर्वको क्षणसँगै क्षेत्रीय तथा विश्वव्यापी स्वास्थ्यमा एक महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले निरन्तर खोप, बलियो निगरानी प्रणाली र प्रकोपको द्रुत प्रतिकार्यबाट यो सफलता सम्भव भएको बताउनुभयो ।

सम्बन्धित खबर