२०८२ भदौ १, आइतवार , ०२:५६:२० बजे

Sajhamanch
'

मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानुनलाई खुकुलो बनाउन सकिँदैन : मन्त्री पौडेल

आइतवार, भदौ १, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अङ्गहरू प्रत्यारोपण सम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने बताउनु भएको छ ।

आज ललितपुरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ग्लोबल मेगा रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै उनले मानव अङ्गहरू प्रत्यारोपण सम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने भएकाले खुकुलो बनाउन नसकिने बताउनु भएको हो । नेपालमा मिर्गौला, आँखा लगायतका प्रत्यारोपण गर्न मिल्ने ६ वटा मानव अङ्गहरू पर्याप्त मात्रामा प्राप्त हुने स्थिति नरहेको उहाँले बताउनु भयो ।

उहाँले यदि मानव अङ्ग प्रत्यारोपणका लागि सहजै एकले अर्कोलाई दिन मिल्ने कानुन बनाउने हो भने यसले विकृति भित्र्याउने बताउनु भयो । मान्छेको ब्रेन मरिसकेपछि मृत्यु भएको २४ घण्टाभित्र मानव अङ्गहरू झिकेर अर्को आवश्यक पर्ने व्यक्तिमा प्रत्यारोपण गर्न सकिने गरी इरानमा प्रयोग भइरहेको उहाँले बताउनु भयो ।

मन्त्री पौडेलले एउटाले अर्काको सहयोग गर्नु नै मानव धर्म भएको बताउनु भयो । संस्कारयुक्त संस्कृतिको विकास गर्न जरुरी रहेको उहाँले बताउनु भयो ।

सम्बन्धित खबर