
झापा । झापामा जंगली च्याउ खाँदा तीन महिला बिरामी परेका छन् । जंगली च्याउ खाँदा कनकाई नगरपालिका–५ की ५७ वर्षीया हरिमाया बि.क. सोही ठाउँकी २५ वर्षीया रविना बि।क। र १६ वर्षीया धनमाया बि.क. बिरामी भएको प्रहरीले जनाएको छ ।
च्याउ खाएर गएराति बिरामी परेका उनीहरूलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे आज बिहान ११ बजे इलाका प्रहरी कार्यालय सुरुङगामा जानकारी गराएपछि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ ।