२०८२ साउन १९, सोमवार , ०२:३३:०२ बजे

Sajhamanch
'

झापामा ८९.४७ प्रतिशत रोपाइ, कोशी प्रदेशमा गत वर्षको तुलनामा ६ प्रतिशत घट्यो

सोमवार, साउन १९, २०८२

झापा । कोशी प्रदेशमा साउन १८ गतेसम्ममा कुल ८९ दशमलव ०३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो दर गत वर्षको समान अवधिको ९५ दशमलव ०१ प्रतिशतको तुलनामा करिब ६ प्रतिशत कम हो।

प्रदेशभरका कुल २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ४६ हजार ६५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ। तराईका प्रमुख जिल्ला झापा, मोरङ र सुनसरीमा औसत ९१ दशमलव ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने मध्य पहाडी जिल्लामा ८४ दशमलव २२ प्रतिशत तथा उच्च पहाडी जिल्लामा ७५ दशमलव ९४ प्रतिशत रोपाइँ भएको छ।

जिल्लागत विवरण अनुसार ओखलढुङ्गामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। अन्य प्रमुख जिल्लामा सुनसरीमा ९५ प्रतिशत, मोरङमा ९२ प्रतिशत र झापामा ८९ दशमलव ४७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

यसैबीच, सबैभन्दा कम रोपाइँ तेह्रथुममा ६६ प्रतिशत मात्र देखिएको छ। ताप्लेजुङमा ७३ दशमलव २९ प्रतिशत, भोजपुरमा ८० प्रतिशत र पाँचथरमा ८२ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खबर