२०८२ साउन १६, शुक्रवार , ०१:००:२८ बजे

Sajhamanch
'

झापाका एक युवाको कुवेतमा मृत्यु

बिहिवार, साउन १५, २०८२

मेचीनगर । वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका झापाको मेचीनगरका एक युवाको केही दिन अघि मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका वडा नं. ३ का २५ वर्षीय अभिक्षित गिरीको गत साउन ११ गते मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि एक वर्षअघि कुवेत पुगेका अभिक्षितको आफ्नै कोठामा सुतिरहेको स्थानमा मृत्यु भएको उहाँका भिनाजु प्रदीप पुरीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार राजदुतावसमा जानकारी पछि केही दिनमै उनको शव नेपाल आइपुग्नेछ ।

मृतक अभिक्षितको आमा बिना गिरी मेचीनगर–१० स्थित धुलाबारीमा बसोबास गर्नुहुन्छ भने बुवा कुमार गिरी दिवंगत भइसक्नु भएको पत्रकार उद्धव पुरीले जानकारी दिनुभएको छ । यस्तै सासू ससुरा पद्मा गिरी र सन्तलाल गिरीको पनि निधन भइसकेको जनाइएको छ ।

सम्बन्धित खबर