
बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन झापाले डाक्टर महावीर पुनलाई सम्मान गरेको छ ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. पुनलाई प्याब्सन झापाले आज सम्मान गरेको हो । अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षता तथा प्याब्सन केन्द्रीय कार्यसमिति सल्लाहकार गोविन्द लम्सालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच डा. पुनलाई सम्मान गरिएको हो ।
डाक्टर पुनको सम्मानपछि उहाँद्वारा लिखित महावीर पुन सम्झना , सपना र अविरल यात्रा नामक पुस्तक खरिद गरिएको प्याव्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिनुभयो ए । उहाँका अनुसार ५० थान पुस्तक खरिद गरेर पुनको अभियानलाई सहयोग गरिएको छ ।
उक्त कार्यक्रममा प्याब्सन कोशी प्रदेश कार्यसमितिका उपाध्यक्ष कोषराज प्याकुरेल, पूर्व केन्द्रीय सदस्य राम सिटौला, मोहन सुब्बा, प्याब्सन झापाका प्रमुख सल्लाहकार गौरीमान फागो, जिल्ला सल्लाहकार प्रभुकुमार श्रेष्ठ लगायतको आतिथ्यता थियो ।