
झापा । कनकाई माई नदीमा आएको बाढीले झापा गाउँपालिकाको बस्ती डुबानमा परेको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी झापा गाउँपालिका वडा नं. २ को सुगाबथान र कुवारी बजारमा प्रवेश गरेको हो ।
सुगाबथानका जेठा टुडू , ताला सोरेन , लिलमुनि टुडू ,मण्डल टुडू, शुकदेव टुडू , साएकला टुडू , साइबा टुडूगरी ७ घर डुबानमा परेको छ । उनीहरूको घरमा डेढ–दुई फुट पानी जमेको छ । त्यस्तै कुवारी बजारमा पनि पानी पसेको छ ।
त्यस्तै कनकाई माईकै बाढीले शिवसताक्षी-५ भेलामुनिमा डुबान गरेको छ । भेलामुनिका पाँच घर डुबानमा परेको शिवसताक्षी ५ का वडाध्यक्ष सिकिन पासवानले बताउनु भयो ।
बोधनाथ बिमली, विपिन राई, बाङठु ताजपुरिया, खोजे ताजपुरिया र रेमेतुन राजवंशीको घर डुबानमा परेको हो । त्यहाँ एउटा मन्दिर जोखिममा परेको वडाध्यक्ष पासवानले जानकारी दिए । बाढीले किसानको सयौँ विगाह जमिन डुबानमा परेको जनाइएको छ ।