२०८२ साउन ३, शनिवार , १२:२०:२३ बजे

Sajhamanch
'

नेपाल युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे

शनिवार, साउन ३, २०८२

काठमाडौं । नेपाल युवा उद्यमी मञ्चको २१औं वार्षिक साधारणसभा सुदिप घिमिरेको अध्यक्षमा नयाँ राष्ट्रिय कार्यकारिणी परिषद् चयन गर्दै आज सम्पन्न भएको छ ।

शुक्रबार साँझ सभामुख देवराज घिमिरेले साधारणसभाको समुद्घाटन गर्नुभएको थियो ।

परिषद्‍को पदाधिकारीमा निवर्तमान अध्यक्ष कुशल सुन्दर श्रेष्ठ, प्रथम उपाध्यक्ष आभूषण ज्योति कंसाकार, द्वितीय उपाध्यक्ष निविता प्रधान र महिला उपाध्यक्ष ऋचा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यहरूमा कृष्ण सापकोटा, पवित्रबहादुर गौतम, विलाशा श्रेष्ठ, युनेशराज श्रेष्ठ, सुविन श्रेष्ठ र अभिमन्यु गोल्छा निर्वाचित भएको जनाइएको छ ।

सम्बन्धित खबर