२०८२ साउन १, बिहिवार , १०:२५:०३ बजे

Sajhamanch
'

इलाममा दाजुभाइमाथि धारिलो हतियार प्रहार, भाइको मृत्यु

बिहिवार, साउन १, २०८२

इलाम । इलाममा धारिलो हतियार प्रहारबाट भाइको मृत्यु भएको छ भने दाइ गम्भीर घाइते भएका छन् ।

गएराति ९ः५० बजे इलाम सूर्योदय नगरपालिका-१ भालुखोपस्थित ससुराली घरमा बस्दै आएका माईजोगमाई गाउँपालिका २ तारसिंह गाउँ बस्ने ३२ वर्षीय निरोज चापागाईँ हतियार प्रहारबाट गम्भीर घाइते भएका छन् भने उनका भाइ २१ वर्षीय प्रकाश चापागाईँको घटनास्थलमै मृत्यु भएको हो ।

सूर्योदय-१ सिरिसे बस्ने ३३ वर्षीय किरण शेर्पाले उनीहरूमाथि हतियार प्रहार गरेका थिए । भालुखोपस्थित काजी तामाङको घरमा आफ्ना भाइ २१ वर्षीय प्रकाशलाई लिई निरोज ससुराली घरमा बस्दै आएका थिए ।

झगडा भएपछि किरणले प्रकाशलाई धारिलो हतियारले प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको छ भने पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि फिक्कल अस्पतालतर्फ पठाइएको छ ।

धारिलो हतियार प्रहार गर्ने किरण तत्काल फरार रहेकोमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक छे फिन्जो भोटेको कमान्डमा १० जना प्रहरी टोली खटिएर उनलाई सूर्योदय-१ मानेभञ्ज्याङबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित खबर