२०८२ असार २९, आइतवार , १२:४३:०९ बजे

Sajhamanch
'

प्रतिनिधिसभाबाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदै

आइतवार, असार २९, २०८२

काठमाडौं । संघीय संसद्‍बाट ७९ वटा ऐन संशोधन गर्ने विधेयक पारित हुँदैछ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

संसद सचिवालयका अनुसार विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि छलफल भएर पारितको प्रक्रियमा अगाडि बढ्नेछ ।

यो विधेयक २६ वैशाख २०८० मा प्रतिनिधि सभामा आएको थियो । १६ वैशाख २०८२ मा प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । १७ असार २०८२ मा राष्ट्रिय सभाले पारित गरेर पुनस् प्रतिनिधिसभामा पठाएको थियो ।

राष्ट्रिय सभामा भएको संशोधनका सम्बन्धमा प्रतिनिधिसभामा छलफल हुन लागेको हो । प्रतिनिधिसभाले राष्ट्रिय सभाले गरेको संशोधन स्वीकार गरेपछि अगाडि बढ्छ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनमा रुपान्तरित भएर लागु हुन्छ । जसले ७९ वटा विभिन्न ऐन संशोधन गर्नेछ ।

सम्बन्धित खबर