
काठमाडौं । आज सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोकमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, खोटाङ, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे, सिन्धुली, गोरखा, धादिङ, मकवानपुर, लमजुङ, म्याग्दी, पर्वत, गुल्मी, प्युठान, रोल्पा, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, बाग्लुङ, बाजुरा, सुर्खेत, बैतडी, डोटी, बझाङ जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको छ ।
बाढीको मध्यम जोखिम रहेका जिल्लाका नदी खोला आसपासमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा अरू प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।