२०८२ असार २६, बिहिवार , १२:३३:०९ बजे

Sajhamanch
'

बाढी प्रभावितको मानव अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

बिहिवार, असार २६, २०८२

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकाको खोजीलाई तीव्र बनाउन, घाइतेको निःशुल्क उपचार, राहत र पुनर्स्थापनामा ध्यान दिन आग्रह गरेको छ ।

आयोगले निकालेको विज्ञप्तिमा आवतजावतलाई सजिलो बनाउन, सङ्कटको बेला हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्दै दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन, विपद्पूर्व, विपद्को अवस्था र विपद्पछि गरिनुपर्ने कामको प्रभावकारी योजना बनाउन र सङ्कटको बेलामा हुन सक्ने मानव अधिकार उल्लङ्घनका घटनाप्रति सचेत हुन सरकारको ध्यानाकर्षण गरिएको छ ।

त्यस्तै यस विपद्पूर्ण घडीमा राज्यका निकायहरुले गर्ने कामलाई आआफ्नो भूमिकामा रहेर सघाउन आमनागरिकलाई समेत आयोगले अनुरोध गरेको छ ।

सम्बन्धित खबर