२०८२ असार २५, बुधवार , ०१:०६:५४ बजे

Sajhamanch
'

चिनियाँ भूमिमा ‘फोर्स ल्यान्डिङ’ गराइएको नेपाली सेनाको हेलिकप्टर फिर्ता

बुधवार, असार २५, २०८२

काठमाडौं । चिनियाँ भूमिमा ‘फोर्स ल्यान्डिङ’ गराइएको नेपाली सेनाको हेलिकप्टर फिर्ता आएको छ ।

अनुमतिविना सेनाको हेलिकप्टर हिजो चिनियाँ आकाशमा पुगेपछि चिनियाँ सुरक्षा अधिकारीले ‘फोर्स ल्यान्डिङ’ गराएका थिए । भोटेकोशीको बाढीबाट विस्थापितलाई उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पुगेको थियो ।

चिनियाँ पक्षले ‘फोर्स ल्यान्डिङ’ गराएको घटनाबारे नेपालको गृह मन्त्रालय, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका थिए ।