२०८२ असार २४, मङ्गलवार , १२:४०:२४ बजे

Sajhamanch
'

त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई वटा शव भेटिए

मङ्गलवार, असार २४, २०८२

धादिङ । त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव भेटिएको छ । धादिङको गजुरी गाउँपालिका–६ बेल्खुमा र गल्छी गाउँपालिका–२ केउरेनीमा शव भेटिएका हुन् । दुवै शव पुरुषको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

बिहानैदेखि त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ को त्रिशूली किनारमा जलाउँदै गरेको एउटा शव पनि नदीले बगाएको छ । शवदाहको बेला अकस्मात आएको बाढीले चितासहित शव बगाएको स्थानीय कुमार बस्नेतले जानकारी दिनुभयो ।

मङ्गलवार, असार २४, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर