२०८२ असार २४, मङ्गलवार , १२:३५:५७ बजे

Sajhamanch
'

रसुवा बाढीबारे छलफल गर्न सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो

मङ्गलवार, असार २४, २०८२

काठमाडौं । रसुवामा आएको बाढीले पुर्‍याएको क्षतिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने छ ।

सोमबार राति आएको बाढीका कारणले १८ जना वेपत्ता भएका छन् । नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।

बाढीले रसुवागढी भन्सारमा राखिएका सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ ।

सम्बन्धित खबर