२०८२ असार २४, मङ्गलवार , ११:२४:४२ बजे

Sajhamanch
'

ताप्लेजुङको सिदिङवा धाममा श्रीकृष्णको मूर्ति तोडफोड

मङ्गलवार, असार २४, २०८२

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा धाममा श्रीकृष्णको मूर्ति तोडफोड भएको छ । हिजो साँझ ताप्लेजुङ सिदिङवा– २ सादेवास्थित सिदिङवा धाममा रहेको श्रीकृष्णको मूर्ति तोडफोड भएको हो ।

अज्ञात समूहले मन्दिरबाट अन्दाजी २० मिटर तल लगेर मूर्ति तोडफोड गरिएको अवस्थामा स्थानीयवासीले फेला पारी पुनः सोही मन्दिरमा ल्याई राखेका छन् ।

करिब एक महिनाअघि सिदिङवा धाममा श्रीकृष्णको मूर्ति अनावरण गरिएको थियो । सो घटनामा संलग्न व्यक्तिहरूको खोजी र पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

मङ्गलवार, असार २४, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर