
काठमाडौं । डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा।लिको आयोजनामा नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) हुने भएको छ । हिजो एनएसपीएलका अध्यक्ष ज्ञानु सिंहले प्रतियोगिताको बारेमा जानकारी दिनुभएको छ ।
प्रतियोगिता असोज १५ देखि २४ गतेसम्म काठमाण्डौको तल्लो मूलपानी मैदानमा हुनेछ । सात टोलीको सहभागिता रहने प्रतियोगितामा कुल २४ खेल हुनेछ । प्रतियोगितामा सिंगल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा हुनेछन् । लिगको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।
‘स्ट्रिटदेखि स्टेडियमसम्म’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा सहभागिताको लागि टोली खरिद गर्नुपर्ने र खेलाडीको अक्सन हुनेछ । प्रतियोगिताको विजेता टोलीले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ११ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै एनएसपीएलले अभिनेता निखिल उप्रेतीलाई आफ्नो ब्राण्ड एम्बेसेडरको रूपमा घोषणा गरेको छ । उप्रेतीले ब्राण्ड एम्बेसेडरको रूपमा एनएसपिएलमा आबद्ध हुन पाउँदा खुशी र गर्व महसुस भएको बताउनुभयो ।