२०८२ असार २२, आइतवार , ०४:४०:३४ बजे

Sajhamanch
'

मोरङमा गोली हानेर लागुऔषध कारोबारी पक्राउ

आइतवार, असार २२, २०८२

काठमाडौं । मोरङको रंगेलीमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।

सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । उक्त टोलीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही ठेगाना भएका ३८ वर्षीय सुशिल बुढाथोकी र अर्की एक भारतीय महिला रहेका छन् ।

भारतीय महिलाको भने पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।