
काठमाडौं। नागरिक उन्मुक्ति पार्टी नाउपा०बाट पर्यटन राज्यमन्त्री बनेका अरूण चौधरीले आज राजीनामा दिने भएका छन् ।
आज ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको नाउपाका अध्यक्ष रन्जिता श्रेष्ठले बताइन् ।
‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं,’ उनले भनिन्, ‘ त्यसकारण आज पर्यटन राज्यमन्त्री ज्यूले ५ बजे प्रधानमन्त्री ज्यूलाई भेटेर राजनीनामा बुझाउनुहुन्छ।’
शनिबारको संसदीय दलको बैठकले नाउपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो । नाउपाबाट संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् ।