
काभ्रे । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअनतर्गत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ । मनसुन बाहिरिएपछि पुनः काम नियमित गर्ने आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिनुभयो ।
साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयबासिन्दाको अवरोधका कारण चार महिनादेखि काम ठप्प छ । कार्यालयका अनुसार धुलिखेलमा एक किलोमिटर मुख्य सडक कालोपत्र गरे पनि मनसुनका कारण थप पक्की गर्न सकिएको छैन ।
इन्जिनियर खनालका अनुसार सडक बिस्तारसँगै बनेपा क्षेत्रमा बिजुलीका झन्डै ५० वटा पोल हटाउनुपर्ने तथा २८ किलोमा एक घर हटाउने कामसमेत रोकिएको छ ।
यसैबीच अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक छ लेनमा बिस्तारको काम समयमै नसकिने भएको छ ।
आयोजनाले बाँकी झन्डै छ महिनाको अवधिमा बिस्तारको काम नसकिने जनाएको हो । १६ किलोमिटर सडक स्तरोन्ततीको काम ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७९ साल पुषमा काम शुरु गरेको हो । दुई खण्डमा काम भइरहेकोमा अहिलेसम्म झन्डै ५० प्रतिशत काम मात्रै सकिएको आयोजनाले जनाएको छ ।