
काठमाडौं । डेंगी सङ्क्रमितको संख्या १ हजार ६७३ पुगेको छ । सातै प्रदेशमामा डेंगी सङ्क्रमितको संख्या क्रमशःबढ्दै गएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको एक सातामा ७१ वटा नयाँ डेंगीका केस पुष्टि भएको छ ।
गएको सात दिनमा सबैभन्दा धेरै २० जना गण्डकी प्रदेशमा र कम १ जना कर्णालीमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, १५ कोशी, १५ बागमती, १२ लुम्बिनी, ५ मधेस, ३ सुदूरपञ्चिममा रहेको छ ।
गएको पुस महिनायता सात प्रदेशमध्ये बागमती प्रदेशमा बढी सङ्क्रमित छन् भने कम मधेस प्रदेशमा सङ्क्रमित भएको पाइएको छ ।
सङ्क्रमितको संख्या क्रमशः ४०४ बागमती, ३५८ गण्डकी, ३३४ कोसी, २७८ लुम्बिनी, २ सय ३२ सुदुरपञ्चिम, ३६ कर्णाली र ३१ मधेस प्रदेशमा डेंगी सङ्क्रमण पुष्टि भएको पाइएको छ ।