२०८२ असार १८, बुधवार , १०:२३:१७ बजे

Sajhamanch
'

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

बुधवार, असार १८, २०८२

काठमाडौं । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले हिजो सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२५ को पहिलो ६ महिनामा पाँच लाख ७७ हजार ३३३ विदेशी पर्यटक नेपाल आएका हुन् ।

गएको वर्षको यही अवधिमा पाँच लाख ८३ हजार ११ पर्यटक नेपाल आएका थिए । यसपालिको जुन महिनामा ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन् । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् ।

बोर्डका अनुसार भारतबाट ३२ हजार ६६२ पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट नौ हजार ६०६, चीनबाट छ हजार ७३६, बङ्गलादेशबाट पाँच हजार ४४९ र बेलायतबाट दुई हजार २८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस अवधिमा अष्ट्रेलिया, मलेशिया, भुटान, जापान र दक्षिण कोरियाबाट पनि पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।

सम्बन्धित खबर