२०८२ असार २०, शुक्रवार , ०९:५१:०६ बजे

Sajhamanch
'

मनसुन भित्रिएको एक महिनामा ६७४ वटा विपद्का घटना, ३१ जनाको ज्यान गयो

बुधवार, असार १८, २०८२

काठमाडौं । नेपालमा यस वर्षको मनसुन भित्रिएको एक महिनामा ६७४ वटा विपद्का घटना भएका छन् । अघिल्लो महिना जेठ १५ गते राति पूर्वबाट मनसुन भित्रिएको थियो ।

असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका र ती घटनामा ३१ जनाको ज्यान गएको, ११२ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ ।

प्राधिकरणका अनुसार एक महिनाको अवधिमा पहिरोका ८७ वटा घटनामा २५ घरमा आंशिक, ११ घरमा पूर्ण र एउटा पुलमा क्षति भएको छ । त्यस्तै बाढीका ६४ वटा घटना भएकोमा १२३ परिवार प्रभावित भएका छन् । यस्तै चट्याङका ८२ वटा घटना भएका छन् ।

बुधवार, असार १८, २०८२ | मुख्य समाचार, समाज

सम्बन्धित खबर