
मेचीनगर । मेचीनगर नगरपालिकाले चिया बगान तथा अन्य क्षेत्रका श्रमिकहरुका लागि ‘बीमा कार्यक्रम’ ल्याएको छ ।
मेचीनगर नगरपालिकाले यही असार १२ गते सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा चिया बगान र अन्य क्षेत्रका श्रमिकहरुका लागि स्वास्थ्य ‘बीमा कार्यक्रम’ ल्याएको हो ।
नगरपालिकाले चिया बगान तथा अन्य क्षेत्रका मजदुरका लागि २५ लाख रुपैयाँ बजेट समेत छुट्टाएको छ ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बगान तथा विभिन्न क्षेत्रमा दिनभरि मजदुरी गरेर जीवीकोपार्जन गर्ने परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको बताउनुभयो।