२०८२ असार १५, आइतवार , १०:५६:५० बजे

Sajhamanch
'

नवलपरासीको टाँडीस्वारामा विषालु च्याउ खाँदा १६ जना बिरामी

आइतवार, असार १५, २०८२

नवलपरासी । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउ खाँदा एउटै गाउँका १६ जना बिरामी परेका छन् ।

स्थानीय जीवनज्योति चर्च मण्डलीको भवनमा ढलानको काम गर्न गएकाहरू भोजमा च्याउ खाएर बिरामी भएका हुन् । बिरामी सबै बुलिङटार गाउँपालिका–२ का रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिरामीमध्ये नौ जनाको भरतपुर अस्पतालमा र सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

डाक्टरहरूका अनुसार विषालु च्याउ खाँदा पेट दुख्ने, चक्कर आउने, बेहोस हुने, बान्ता र पखाला लाग्ने, आँखा वरिपरि अँध्यारो हुनेजस्ता लक्षण देखिन सक्छन् । विषको असर ७ देखि २४ घण्टाभित्रै वा कहिलेकाहीँ एक हप्ता पछिसम्म पनि देखिन सक्छ ।

जसले गर्दा कलेजो, मृगौला, स्नायु प्रणाली लगायत अङ्गमा गम्भीर असर पर्न सक्छ । च्याउ विशेषज्ञ वशिष्ठ आचार्यका अनुसार वर्षायाममा जङ्गलमा उम्रने जङ्गली च्याउ खतरनाक हुन सक्छन् । व्यावसायिक रूपमा उत्पादन गरिएको वा आधिकारिक स्रोतबाट आएको च्याउ मात्र खान उहाँको सल्लाह छ ।

सम्बन्धित खबर