२०८२ असार १४, शनिवार , १२:२१:१८ बजे

Sajhamanch
'

क्यानडासँगको सबै व्यापार वार्ता अन्त्य गर्ने ट्रम्पको घोषणा

शनिवार, असार १४, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको सबै व्यापार वार्ता तत्कालका लागि अन्त्य गर्ने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै क्यानडाले ठूलो प्रविधि कम्पनीहरूलाई लक्षित गरी ल्याएको नयाँ कर नीतिका कारण यस्तो निर्णय लिनुपरेको प्रतिक्रिया दिएका छन्। दुवै मुलुकबीच जुलाईको मध्यसम्म नयाँ व्यापार सम्झौता गर्ने प्रयास भइरहेको बेला ट्रम्पको यो कदम आएको हो ।

गत वर्षदेखि लागू भएको क्यानडाको ३ प्रतिशत डिजिटल सेवा करले दुई देशबीचको सम्बन्धमा तनाव बढाएको छ। उक्त करबाट अमेजन, एप्पल, गुगलजस्ता अमेरिकी कम्पनीहरूलाई वार्षिक २ अर्ब डलरभन्दा बढी घाटा हुने अनुमान गरिएको छ।

ट्रम्पले आगामी सात दिनभित्र क्यानडाबाट आउने सामानहरूमा नयाँ महसुल घोषणा गर्ने बताएका छन् छ। यता, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले पत्रकारहरूसँग छोटो कुराकानी गर्दै वार्ता अझै जारी राखिने बताएका छन्। उनका अनुसार क्यानाडाली नागरिकको हितका लागि जटिल वार्ता अगाडि बढाइनेछ। एजेन्सी

सम्बन्धित खबर