२०८२ असार १२, बिहिवार , ०९:२२:५१ बजे

Sajhamanch
'

भौतिक पूर्वाधार मन्त्री दाहाल इस्तान्बुल प्रस्थान

बिहिवार, असार १२, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल टर्कीको इस्तान्बुल प्रस्थान गर्नु भएको छ ।

ग्लोबल ट्रान्सपोर्ट कनेक्टिविटी फोरम २०२५ मा भाग लिन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान इस्तानबुल प्रस्थान गर्नु भएको हो ।

जुन २७ देखि २९ सम्म आयोजना हुने समारोहमा भाग लिन मन्त्री दाहाल इस्तान्बुल जानु भएको हो । समारोहमा मन्त्री दाहालले जुन २७ का दिन भुपरिबेष्ठितबाट भुजडित प्रयास मार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरहरुका विषयमा सम्बोधन गर्नु हुने कार्यक्रम छ ।

सो समारोहमा विभिन्न मुलुकका मन्त्रीहरु, उच्चस्तरीय नीति निर्माता, अन्तर्राष्ट्रिय संस्थाहरू तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरू, उद्योग क्षेत्रका अगुवा, निजी क्षेत्र तथा विज्ञहरू सहभागी हुने जनाइएको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय यातायात मार्गहरूको विकास तथा अभिवृद्धिमा उच्चस्तरीय छलफल हुने जनाइएको छ । मन्त्री दाहाल ३० जुनमा नेपाल फर्कने कार्यतालिका रहेको उहाँको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर