
झापा । उदयपुरमा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । मंगलबार साँझ ६ः३० बजे उदयपुर बेलका नगरपालिका ८ भिमफेदी बस्ने मानबहादुर थापाका छोरा ८ वर्षीय निश्चल थापालाई घर अगाडि सर्पले दाहिने खुट्टामा टोकेको थियो ।
बिरामीलाई उपचारको लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याई उपचार भइरहेकोमा राति ८ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।