
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने नेकपा एमालेले जनाएको छ ।
बैठकमा विधान महाधिवेशन र समसामयिक राजनीतिको विषयमा छलफल हुने बताइएको छ ।
नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदाबरीमा गर्ने निर्णय गरेको छ ।