२०८२ असार ६, शुक्रवार , ११:१६:४६ बजे

Sajhamanch
'

घरको छतबाट लडेर महिलाको मृत्यु

शुक्रवार, असार ६, २०८२

झापा । घरको छतबाट लडेर धनकुटामा एक महिलाको मृत्यु भएको छ ।

धनकुटा नगरपालिका १०, स्थित उत्तरपानीमा शुक्रबार बिहान ६ बजे घरको छतबाट लड्दा ५० वर्षीया प्रमिला राई घिसिङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शुक्रवार, असार ६, २०८२ | समाज

सम्बन्धित खबर