२०८२ असार ५, बिहिवार , ०८:१०:५१ बजे

Sajhamanch
'

प्रमुख तीन दलको बैठक स्थगित

बिहिवार, असार ५, २०८२

काठमाडौं । बिहीबर बस्ने भनिएको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक स्थगित भएको छ ।

आपसी सल्लाहमै बैठक स्थगित भएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

‘आपसी सल्लाहमै बैठक स्थगित भायो । प्रधानमन्त्रीको कार्यायलयबाट भोलि बसौंला भनेर खबर आएको छ । अब तत्काल बस्ने नबस्ने ठेगान छैन’, उनले भने ।

प्रधानमन्त्री केपी ओलीले संसदको अवरोध, निजामती विधेयक लगायत विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बुधबार बोलाएका थिए ।

तर,प्रचण्ड चितवनमै भएका कारण कांग्रेसका सभापति शेरबहादुर देउवासहित दुवै दलका शीर्ष नेताहरूको मात्रै बैठक बसेको थियो ।

सम्बन्धित खबर