२०८२ असार ५, बिहिवार , ०१:०९:०१ बजे

Sajhamanch
'

संसद् बैठक आज पनि प्रभावित, छलफलमा सभामुख

बिहिवार, असार ५, २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि प्रभावित भएको छ । बिहान ११ बजे बस्ने तय भएको बैठक अझै सुरु भएको छैन ।

सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलमा छन् । संसद्को अवरोध खुलाउने विषयमा छलफल चलिरहेको छ ।

भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्रीको राजीनामा मागिरहको छ । संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर वेल घेराउ र नारावाजी गरिरहेको छ ।

सम्बन्धित खबर