२०८२ असार ४, बुधवार , ०३:५९:४० बजे

Sajhamanch
'

यार्सागुम्बासहित सङ्खुवासभाबाट एक जना पक्राउ

बुधवार, जेठ २१, २०८२

काठमाडौं । सङ्खुवासभामा यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका–३ का ऐनबहादुर शाही रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

हिजो खाँदबारी–३ सुमनचौकमा जाँच गर्ने क्रममा लुकाइ-छिपाइ ल्याएको एक किलो ६७० ग्राम अवैध यार्सागुम्बासहित शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए। पक्राउ परेका शाहीलाई प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाएको छ ।

सम्बन्धित खबर