२०८२ असार ४, बुधवार , ०३:४६:३४ बजे

Sajhamanch
'

नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता

बुधवार, जेठ २१, २०८२

काठमाडौं । दुई वटा मैत्रीपूर्ण खेलका लागि थाइल्यान्ड पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार टोली गएराति थाई एअरलाइन्सबाट काठमाडौं आइपुगेको हो । मैत्रीपूर्ण दुई खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको थियो ।

सोमवार भएको खेलमा नेपालको टोली दुई गोलले र शुक्रवार भएको ‘क्लोज डोर’ खेलमा एक गोलले पराजित भएको थियो ।

नेपालले यही जुन अन्तिमदेखि उज्वेकिस्तानमा महिला एशियन कप छनोट खेल्दैछ । त्यसको तयारीस्वरूप नेपालले थाइल्यान्डसँग एक मैत्रीपूर्ण र एक अभ्यास खेल खेलेको हो ।

एएफसी एशिया कप छनोटमा नेपाल समूह ‘एफ’मा छ । यो समूहमा नेपालसहित आयोजक उज्वेकिस्तान, लाओस र श्रीलङ्का रहेका छन् ।