२०८२ जेठ ११, आइतवार , ०६:०३:२९ बजे

Sajhamanch
'

शेयर बजार साढे ८ प्रतिशतले घट्यो

आइतवार, जेठ ११, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ५७ अङ्कले घटेर २ हजार ६७९ दशमलव ९८ विन्दुमा झरेको छ ।

आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा म्युचल फन्ड समूहको शेयर झन्डै ३ प्रतिशतले ओरालो लागेको छ । यस्तै होटल समूहको शेयर १ दशमलव ७५ र विकास बैंक समूहको शेयर १ दशमलव ४६ प्रतिशतले घटेको छ ।

आज सिन्धु विकास बैंकको शेयर सबैभन्दा धेरै ८ दशमलव २८ प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ९ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३१४ वटा कम्पनीका १ करोड ८५ लाख कित्ता शेयर ७ अर्ब ६० करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर