
काठमाडौं । २० वर्षमुनिको महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा यामप्रसाद गुरुङ नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज गुरुङलाई २० वर्षमुनिको टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । गुरुङलाई एन्फाका महासचिव किरण राईले नियुक्ति पत्र प्रदान गरे।
यस्तै २० वर्षमुनिको टोलीको सहायक प्रशिक्षकमा सन्देशकुमार श्रेष्ठ र किरणकुमार कार्की, गोलकीपर प्रशिक्षकमा मीनबहादुर बस्नेत तथा टिम व्यवस्थापकमा इन्दु दुवाल नियुक्त भएका छन् ।
यसैबीच २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपका लागि एन्फा कम्प्लेक्स सातदोबाटोमा टिमको छनोट प्रक्रिया शुरू भएको छ । आउँदो जुलाई ११ देखि २१ सम्म बङ्गलादेशमा प्रतियोगिता आयोजना हुँदैछ ।