२०८२ जेठ ११, आइतवार , ०३:०५:४५ बजे

Sajhamanch
'

शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित २४ वर्षदेखि न्यायको पखाईमा

आइतवार, जेठ ११, २०८२

कञ्चनपुर । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापितहरू २४ वर्षदेखि न्यायको पर्खाइमा छन् ।

विस्थापितमध्येका एक कञ्चनपुरका हिरासिंह भण्डारीको बेदकोट नगरपालिका–९ सुन्दरपुरमा डेढ बिघा जग्गा थियो । आरक्ष विस्तारका क्रममा २०५८ मङ्सिर १२ गते उनी त्यहाँबाट विस्थापित भए ।

आरक्ष विस्तारका क्रममा राज्यबाट विस्थापित भएपछि भण्डारीले पुनःस्थापनाको पर्खाइमा झन्डै चार/पाँच वर्ष सडकमै बिताए। २०६४ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ढक्का शिविरमा उनीलगायतका ६०० विस्थापित बसोबास गर्दै आउनुभएको छ ।

सरकारले व्यवस्थापन नगरेपछि जङ्गलको किनारमा खाली ठाउँ देखेपछि पीडितहरू त्यहाँ बसेका हुन् ।

आरक्ष पीडित भण्डारीले सरकारले आयोग गठन गरे पनि आफूहरूको व्यवस्थापन नभएको २४ वर्ष बितिसकेको गुनासो गरेका छन् ।

सम्बन्धित खबर