
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) रकिङ्ग्स खेल्दैछन् ।
खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । बेङ्गलुरु र पन्जाब पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित फाइनलमा खेल्दैछन् । अर्थात् आईपीएल क्रिकेटको यस सिजनको नयाँ टोली च्याम्पियन बन्ने छ ।
पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले पञ्जाबलाई ८ विकेटले हराउँदै फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा पन्जाबले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो ।