२०८२ जेठ ११, आइतवार , १२:३२:४८ बजे

Sajhamanch
'

एमालेबाट निर्वाचित बागमती प्रदेशका वडाध्यक्षहरुको भेला आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने

आइतवार, जेठ ११, २०८२

काठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेश कमिटीले आज वडाध्यक्षहरुको भेला बोलाएको छ । भेलालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहान ११ बजे उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम छ ।

ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आयोजित भेलामा बागमती प्रदेश अन्तर्गतका स्थानीय तहहरुमा एमालेबाट निर्वाचित ३५९ जना वडाध्यक्षहरुलाई बोलाइएको छ । भेला आज र भोलि दुई दिन सञ्चालन हुनेछ ।

निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रुपमा वडाध्यक्षहरुबाट एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्दै उनीहरुमा भएका अस्पष्टता र भ्रम चिर्ने प्रयास स्वरुप भेला बोलाइएको एमालेका एक नेताले बताए ।

बागमती प्रदेश इन्चार्ज डा।राजन भट्टराईले पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरु संकलन गरेर त्यसअनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाध्यक्षहरुको भेला बोलाइएको जानकारी दिए ।

सम्बन्धित खबर