२०८२ जेठ ११, आइतवार , १०:२१:३१ बजे

Sajhamanch
'

होटेलमा लगेर नाबालिकामाथि सामूहिक बलात्कार, चार जना पक्राउ

आइतवार, जेठ ११, २०८२

झापा । उदयपुरको कटारीमा १४ वर्षीया नाबालिकालाई सामूहिक बलात्कार गर्ने चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कटारी– ४ गबुवा बस्ने होटेल सञ्चालक २५ वर्षीय सुजन भन्ने राजकुमार तामाङ, सोही ठाउँ बस्ने १९ वर्षीय पूजन श्रेष्ठ ,२० वर्षीय नवीन श्रेष्ठ र २० वर्षकै जीवन तामाङ रहेका छन् ।

उनीहरूले शुक्रवार राति अन्दाजी ९ः३० बजे उदयपुर कटारी –४ गबुवा बस्ने १४ वर्षीया नाबालिकालाई सुजन भन्ने राजकुमार तामाङको होटेलको कोठामा लगेर जबरजस्ती करणी गरेका थिए ।

उनीहरूमाथि कानुन बमोजिम कारबाही गरी पाऊँ भनी हिजो साँझ पीडितको आमाले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएकी थिइन् ।

तत्कालै इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिएर उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो । पीडित बालिकाको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर