२०८२ जेठ ११, शनिवार , ०२:०८:३६ बजे

Sajhamanch
'

शिवसताक्षीमा आयुर्वेदका उपचार निःशुल्क

शनिवार, जेठ ११, २०८२

झापा । आयुर्वेद चिकित्सा पद्धतिप्रति जनआकर्षण बढ्दै गएको जनाउँदै शिवसताक्षी नगरपालिकाले नगरबासीका लागिआयूर्वेद उपचार सेवा निःशुल्क गरेको छ ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले आयुर्वेद औषधालयमार्फत उपचार गराउँदा कुनै शुल्क नलाग्ने बताए। नगरपालिकाले उपचार निःशुल्क गराउन शिवसताक्षी–११ दूधेस्थित नगर आयूर्वेद औषधालयलाई वार्षिक रूपमा रु. २० लाख बजेट दिइरहेको छ ।

जिल्लाकै पुरानोमध्येको यहाँको आयुर्वेद औषधालयमा कविराजसहित पाँच जना कर्मचारीको दरबन्दी रहेको छ । नियमित रूपमा बिरामी जाँच्ने र औषधि वितरणको चिकित्सा सेवासहित औषधालयले पञ्चकर्म थेरापी लगायतका सुविधा प्रदान गरिरहेको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारीपछि स्थानीयबासी आयुर्वेद चिकित्सा पद्धतिप्रति बढी आकर्षित भएको औषधालयकाकविराज राजेन्द्र पोखरेल बताउछन्।

“पहिले पहिले मानिसहरु त्यति धेरै आउँदैनथिए,” उनी भनछन्–“जब कोरोनाले सारा दुनियाँ तर्सायो, त्यसपछि मानिसहरुआयुर्वेदको औषधि खोज्दै धाउन थाले । अहिले त सेवाग्राहीको चाप बढ्दो अवस्थामा छ ।”

दैनिक ५० जनासम्म ओपिडी सेवामा मानिसहरु आउन थालेको र सीमित जनशक्तिले उपचार प्रदान गर्न मुस्किल हुन थालेकोपोखरेलले बताए।

चालू आर्थिक वर्ष २०८१÷८२ को दश महिनामा शिवसताक्षी आयूर्वेद औषधालयबाट चार हजार ४० जनाले उपचार सेवालिइसकेका छन् । वहिरङ्ग विभाग (ओपिडी) मा दुई हजार ५४७ र अन्यत्रबाट रेफर भएर एक हजार २३७ जना बिरामीले उपचार सेवालिएको उनले जानकारी दिए।

औषधालयमा सुविधासम्पन्न प्रयोगशाला रहेको छ । जहाँ दश महिनामा १२२ जनाले सेवा लिएका छन् । त्यहाँ सञ्चालितपञ्चकर्म थेरापी सेवा १३३ जनाले लिएका छन् । औषधालयले गाउँघर क्लिनिकमार्फत सोही अवधिमा ४४१ जना बिरामीलाईघरआँगनमै सेवा प्रदान गरेको जनाएको छ ।

नगरपालिकाले आयुर्वेद चिकित्साप्रति जनविश्वास बढ्दै गएकाले औषधालयलाई नगर आयूर्वेद अस्पतालको रूपमा विकास गर्नआवश्यक रहेको नगरप्रमुख थोप्रा बताउछन्। सुविधासम्पन्न भवन नहुँदा र सीमित जनशक्ति हुँदासमेत औषधालयले पुर्याएको उपचारसेवा प्रशंसनीय रहेको उहाँको भनाइ छ ।

पछिल्लो समय स्तनपान गराइरहेका सुत्केरी महिला आफ्नो र शिशुको लाभका लागि आयुर्वेद पद्धतिमा आधारित दुग्धवर्द्धकऔषधिप्रति आकर्षित भइरहेका छन् । बिगत दश महिनामा १८९ जना महिलाले दुग्धवद्धक औषधि लगेर सेवन गरेका छन् ।

सबैलाई लाग्ने रोग भनेर चिनिएको मधुमेह, पायल्स, ग्यास्ट्रिक, बाथलगायतका बिरामीले आयुर्वेद औषधालय धाएर नियमितस्वास्थ्य परीक्षण गर्ने र औषधि लैजाने गरेको कविराज पोखरेल बताउछन्।

यहाँको आयुर्वेदालयले निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, जेष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धनलगायतका कार्यक्रम सञ्चालनगरिरहेको छ । नगरका ८८ जना ज्येष्ठ नागरिकले नियमित रूपमा औषधालयमा धाएर स्वास्थ्य परीक्षण र औषधि खाइरहेका छन् ।

नगर आयुर्वेद अस्पतालको रूपमा स्तरोन्नति गर्नका लागि औषधालयमा नयाँ सुविधासम्पन्न भवन र थप जनशक्तिको आवश्यकपर्ने र योग ध्यान हल, फिजियोथेरापी, एक्यूपञ्चर, एक्स रे, भिडियो एक्सरे, एडभान्स ल्यावलगायतका नयाँ प्रविधियुक्त सेवा भित्र्याउनआवश्यक रहेको स्थानीयवासी सरोज भट्टराई बताछन् ।

सम्बन्धित खबर