
काठमाडौं । नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगको दोस्रो दिन आज पनि ६ वटा खेल हुँदै छन् ।
पोखराको कभर्ड हलमा हुने पहिलो खेलमा महिलातर्फ न्यु डायमण्ड र कर्णाली प्रदेश खेल्दैछन् ।
यस्तै आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लव खेल्दैछन् । यसैगरी आज हुने पुरुष तर्फको खेलमा हेल्प नेपाल र सुदूरपश्चिम प्रदेश तथा नेपाल पुलिस क्लब र कोशी प्रदेश खेल्दै छन ।
त्यस्तै गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लब तथा मणिमुकुन्द भलिबल क्लब र नेपाल एपीएफ क्लब खेल्दैछन् ।
यसअघि हिजो भएको खेलमा पुरुषतर्फ पुलिस क्लब र हेल्प नेपाल तथा गण्डकी र एपीएफले विजयी शुरुवात गरेका थिए । महिलातर्फ एभरेस्ट भलिबल क्लब र एपीएफले जितेका थिए ।