
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । अहमदाबादमा हुने खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरू हुनेछ ।
आईपीएलमा गुजरात शीर्ष स्थानमा छ भने लखनउ बाहिरिसकेको छ । गुजरात १२ खेलमा १८ अङ्कसहित तालिकामा शीर्ष स्थानमा रहँदा लखनउ १० अङ्कसहित सातौं स्थानमा छ ।
आईपीएलमा क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै अर्को क्वालिफायर दुई जेठ १८ गते हुनेछ । फाइनल खेल जेठ २० मा हुनेछ ।